Newzfatafatlogo

सिक्किम गरीब आवास योजनाअन्तर्गत जुम सालघारीमा 4 वटा घर उद्घाटन

 | 
सिक्किम गरीब आवास योजनाअन्तर्गत जुम सालघारीमा 4 वटा घर उद्घाटन


गान्तोक, 27 फरवरी (हि.स.)। जुम सालघारी निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न वार्डहरूमा सिक्किम गरीब आवास योजनाअन्तर्गत निर्माण गरिएका नयाँ घरहरूको उद्घाटन गरिएको छ। क्षेत्र विधायक मदन सिञ्चुरीले नवनिर्मित घरहरूको उद्घाटन गर्दै लाभार्थीलाई हस्तान्तरण गरे।

राबुङ निवासी कुन्ती बाहुन शर्मा, दोक्सिङ घुमाउनेका हस्तबहादुर राई, साम्पाङ गाउँ जुम निवासी शोभा लाछी राई र भिमसिङ गाउँका विशाल राई योजनाबाट लाभान्वित भएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पना अनुसार ‘झोपडी मुक्त अभियान’ अन्तर्गत सिक्किम गरीब आवास योजनाबाट यी घरहरूको निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ।

यस योजना अन्तर्गत लाभार्थीहरूलाई आवश्यक पूर्वाधारयुक्त पक्का घरहरू प्रदान गरिएको छ। लाभार्थीहरूले मुख्यमन्त्रीप्रति आफ्नो कृतज्ञता प्रकट गरेका छन्। उद्घाटन कार्यक्रममा जिल्ला पञ्चायत सदस्यगण, गेलिङ बैगुनेका पञ्चायत अध्यक्ष केबी राई, खण्ड विकास अधिकारी प्रमिला गुरुङ, अभियन्ता, विभागीय कर्मचारीहरू र अन्य स्थानीय नागरिकको उपस्थिति रहेको थियो। यस योजनाले ग्रामीण क्षेत्रका बासिन्दाहरूसम्म घर निर्माणको सुविधा पुर्‍याएर उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / Bishal Gurung