×

कर्ययोगी भंवर लाल मल्लावत स्मृति व्याख्यान 13 जुलाईमा

 

कोलकाता, 11 जुलाई (हि.स.)। महानगरको सुप्रतिष्ठित साहित्यिक संस्था बडाबाजार लाइब्रेरीको तत्वावधानमा समसामयिक विषयहरूमाथि आयोजित हुने व्याख्यानमालाको वार्षिक आयोजनमा यस वर्षको आयोजन आगामी 13 जुलाई आचार्य विष्णुकान्त शास्त्री सभागारमा हुनेछ।

कार्यक्रमका संयोजक अरुण प्रकाश मल्लावतले भने, यसपालीको आयोजनमा सुप्रसिद्ध आर्थिक विशेषज्ञ, चिन्तक एवं विधायक डा अशोक लाहिडी 'बडाबाजार– परम्परा र परिवर्तन संयोजनको चुनौती' विषयमाथि आफ्नो सारगर्भित विचार राख्नेछन्। कार्यक्रमको अध्यक्षता इन्स्टीट्यूट अफ् चार्टर्ड एकाउण्टेन्ट अफ् इण्डियाका अध्यक्ष रंजीत अग्रवालले गर्नेछन्।

बडाबाजार लाइब्रेरीका मन्त्री अशोक गुप्ताले भने, कर्ययोगी भंवर लाल मल्लावतको पुण्य स्मृतिमा विगत तीन दशकदेखि आयोजन भइरहेको यस व्याख्यान मालामा अहिलेसम्म जुन विशिष्ट वक्ताहरूको उद्बोधन भएको छ उनीहरूम ख्यातनाम शिक्षाविद, केन्द्रिय मन्त्री एवं समाजसेवी सामेल छन्।

हिन्दुस्थान समाचार / बिशाल गुरुंग