Newzfatafatlogo

तृणमूल छात्र एकाईका सदस्यहरूले बर्दवान विश्वविद्यालयको ईसी बैठक रोक्यो

 | 

कोलकाता, 11 जुलाई (हि.स.)। तृणमूल कांग्रेसको छात्र एकाईका सदस्यहरूले बिहिवार बर्दवान विश्वविद्यालयका कुलपति र रजिस्ट्रारको कार्यालय बाहिर विरोध प्रदर्शन गरे, जस कारण कार्यकारी परिषद (ईसी) को बैठक बाधित बन्यो। विद्यार्थीहरू प्रोफेसर गौतम चक्रवर्ती अन्तरिम कुलपतिको रूपमा जारी रहने तथा शैक्षणिक र प्रशासनिक निर्णय विरुद्ध प्रदर्शन गरिरहेका थिए।

तृणमूल छात्र परिषद (टीएमसीपी) का कार्यकर्ताहरू प्रशासनिक भवनमा नारा लगाउॅंदै भित्र प्रवेश गरे, जसपछि बैठक स्थगित गर्नु पऱ्यो। छात्र प्रदर्शनकारीहरूले रजिस्ट्रार सुजीत चौधरीलाई उनको आगमनमा पार्किङ स्थलमा घेरे। उनीहरूले जबसम्म सुप्रीम कोर्टद्वारा गठित खोज समितिले 31 राज्य विश्वविद्यालयहरूमा कुलपतिहरूको नियुक्तिको देखरेख गर्दैन तबसम्म कुनै बैठक हुनु हुॅंदैन भन्ने माग गरे।

एक टीएमसीपी प्रवक्ताले विश्वविद्यालयद्वारा जेलमा बन्द माओवादी नेता अर्नब दामको पीएचडी आवेदनलाई स्वीकृत नगरेकोमा आलोचना गरे। तृणमूल नेता कुणाल घोषले एक्स पोस्टमा लेखेका छन्, माओवादीको आरोपमा पक्रा परेका अर्नब दामले पीएचडी गर्ने अनुमति पाउनु पर्छ।

हिन्दुस्थान समाचार / बिशाल गुरुंग